काठमाडौं । सरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो, जसलाई अहिले बढाएर १ सय ५० युनिट बनाउने तयारी गरिएको छ ।
Advertisement
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि तयारी गरिरहेको जनाएको छ ।
यसअघि विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरिएको थियो । उपभोक्तालाई कर बढेको अवस्थामा विद्युत महसुल मार्फत राहत दिन सकिन्छ कि भनेर पुनरावलोकन तयारी गरिएको थियो ।
सरकारले ५० युनिटभन्दा माथि विद्युत् खपत गर्दा लाग्ने ५ प्रतिशत भ्याटको सीमालाई बढाएर १५० युनिट पुर्याउने गृहकार्य अघि बढाएको छ।
प्रस्तावित छुट र राजस्वमा पर्ने असरको वर्गीकरण:









