७२ जिल्लामा डेङ्गुको संक्रमण, दुई जनाको मृत्यु, बर्दियासहित लुम्बीनीमा ३४३ जनामा संक्रमण

डेङ्गु सङ्क्रमणको स्थिति कुल सङ्क्रमित: देशका ७२ जिल्लाबाट २,०२५ जनामा डेङ्गु पुष्टि।

मृत्यु: हालसम्म २ जनाको मृत्यु।

Advertisement

जोखिम अवधि: पुस महिनायताको तथ्याङ्क; मनसुनसँगै सङ्क्रमण थप बढ्ने जोखिम।

प्रदेशगत विवरण

कोशी प्रदेश: ५६८ जना

गण्डकी प्रदेश: ५३२ जना

बागमती प्रदेश: ३६५ जना

लुम्बिनी प्रदेश: ३४३ जना

सुदूरपश्चिम प्रदेश: १०३ जना

मधेश प्रदेश: ७२ जना

कर्णाली प्रदेश: ४२ जना

नियन्त्रण तथा सचेतनाका उपायहरू

सरकारी पहल: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउनदेखि तीन महिना लामो ‘डेङ्गु सचेतना अभियान’ सञ्चालन गरेको छ।

मुख्य सुझावहरू: घर र वरपर पानी जम्न नदिने।

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने र झुल प्रयोग गर्ने। ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउने।  अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु