काठमाडौं । पर्सामा विन्दवासिनी गाउँपालिका ५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा २०७ किलो गाँजासहित पक्राउ परेका छन् ।
Advertisement
उनी गाँजा बोकेको गाडीका चालक हुन् ।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा लामाले चलाएको प्रदेश-३-०१-२४ च ५३८५ टाटा योद्धा पिकअप गाडीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








