०८३ साउन २१ गते (बिहीबार)
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Advertisement
रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।








