काठमाडौं । जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने बारेकोट गाउँपालिका(६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका छन्।
उनले झारफुकका नाममा १४ वर्षीया बालकामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
Advertisement
उक्त घटना असार ५ गतेको रहेको पनि प्रहरीले जनाएको छ। भिडिओ भाइरल भएपछि प्रहरीले सोही आधारमा साउन २१ गते उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।
अदालतबाट पाँच दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी इन्स्पेक्टर सुधिर कुमार खड्काले जानकारी दिए।








