सात दलीय ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे मुख्य बुँदाहरू 

 

राजनीतिक तथा संवैधानिक सुधार

Advertisement

संविधान परिमार्जन: संविधानको संरचनागत त्रुटि, प्रदेश संरचना, निर्वाचन प्रणाली, र सरकार गठनमा रहेका कमजोरीहरूलाई संशोधन, परिमार्जन वा पुनर्लेखन गर्ने।

शासकीय स्वरूप र नेतृत्व: राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तन गर्ने र मोर्चाको नेतृत्व सहमतिका आधारमा वा पालैपालो गर्ने।

समावेशी प्रतिनिधित्व: प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्ने।

सुशासन र शुद्धीकरण: विगतका कमजोरीको आत्मसमीक्षा गर्दै राजनीतिमा सुधार, सुशासन र शुद्धीकरण गर्ने।

आर्थिक तथा सामाजिक विकास

उत्पादनमुखी अर्थतन्त्र: कृषि आधुनिकीकरण, जलविद्युत्, पर्यटन, र निर्यात प्रबर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने।

युवा रोजगारी तथा प्रविधि: ‘डिजिटल नेपाल’को अवधारणा अनुरूप एआई (AI), स्टार्टअप, अनुसन्धान र प्रविधिलाई प्रोत्साहन गर्दै स्वदेशमै स्वरोजगार सिर्जना गर्ने।

वैदेशिक रोजगारीको उपयोग: वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा लगाउने।

सामाजिक सुरक्षा: शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवालाई नागरिकको अधिकारका रूपमा सर्वसुलभ बनाउने र विपन्न, किसान, तथा ज्येष्ठ नागरिकका लागि सुदृढ सामाजिक सुरक्षा लागू गर्ने।

भूमिहीन सुकुम्बासी समस्या: वास्तविक सुकुम्बासी र भू-माफिया/नक्कली सुकुम्बासी पहिचान गर्न संघ, प्रदेश र स्थानीय तहको संयुक्त संयन्त्र बनाई वैज्ञानिक समाधान गर्ने।

सन्तुलित परराष्ट्र नीति

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी मुलुकहरूसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्ने।

मोर्चामा आबद्ध दलहरू
१. जनता समाजवादी पार्टी नेपाल
२. जनमत पार्टी
३. आम जनता पार्टी
४. प्रगतिशील लोकतान्त्रिक पार्टी
५. नागरिक उन्मुक्ति पार्टी नेपाल
६. नेपाल संघीय समाजवादी पार्टी
७. बहुजन एकता पार्टी नेपाल

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु