शुक्रबारदेखि हराईरहेकापूर्वनगरप्रमुख किरण सिंह मृत फेला

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह तीन दिनपछि जंगलमा मृत फेला परेका छन् । उनी शुक्रबार हराएका थिए । हराएको भनिएको स्थानदेखिकरिव ७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए । सिंह तौलिहवा(गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कविहीन भएका थिए ।

शुक्रबार साँझबाटै उनको खोजी भइरहेको थियो । शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नाइन शाखाबाट तालिमप्राप्त कुकुर र ड्रोन उडाएर खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।

Advertisement

कपिलवस्तु नगरपालिका वडा नं ३, ढेवानगढिया निवासी ६५ वर्षे सिंह २०७४ मा कांग्रेसबाट नगर प्रमुख पदमा विजयी भएका थिए । २०५४ मा कांग्रेसबाट सिंह नगर उपप्रमुखमा विजयी भएका थिए । ०७९ को स्थानीय निर्वाचनमा भने नगर प्रमुख पदमा पराजित भएका थिए । पूर्वनगरप्रमुख सिंह ढकेरीमा व्यावसायिक कृषि फर्म खोल्ने तयारी गर्दा यो ज‌ंगलमा आउनेजाने गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु