बाँके जिल्लामा ग्यास व्यवसायीलाई प्रशासनबाट आतंकित

बाँके- बाँके जिल्लामा ग्यास व्यवसायीलाई प्रशासनबाट आतंकित गराउने काम भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आएको भन्दै पसलमा गएर स्टक विवरण माग्ने, आफ्ना मान्छेलाई बोलाएर ग्यास देउ भन्ने कार्यहरू भइरहेका छन् । ग्याँस नदिएको खण्डमा व्यवसायीलाई लगेर थुन्ने जस्ता कार्यहरू भइरहेका छन्।

ग्याँस अति आवश्यक वस्तु अन्तर्गत भएकाले कालोबजारी सम्बन्धी फौजदारी कारबाही र ऐनबमोजिम सजाय अन्तर्गत मुद्दा चल्द्छ ।

Advertisement

व्यवसायीले नाम टिपाएकालाई सिरियल बाइ राखेर बिक्री वितरण गरिरहँदा समेत प्रशासनले जबरजस्त रुपमा आफ्नो कार्य लाद्न खोजेको छ।

देशभर ग्यासको हाहाकार भइरहँदा अन्य जिल्लामा ग्यास व्यवसायी संघ र प्रशासन बीच बैठक समन्वय भइरहँदा बाँकेमा अहिलेसम्म एउटा समेत बैठक बस्न सकेको छैन।

ग्यास अभावको बेलामा जनतालाई कसरी सहज रुपमा ग्यास वितरण गर्न सकिन्छ भन्ने विषयमा अहिलेसम्म छलफल भएको छैन । ग्यास अभावका बारेमा अहिलेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेले आधिकारिक धारणा समेत सार्वजनिक गर्न सकेको छैन।
हालसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ग्यासको हाहाकार भैरहँदा बाँकेमा भने त्यसको प्रभाव कम परेको छ । अन्य जिल्लामा लाइन लागिरहँदा बाँके जिल्लामा भने लाइन लाग्नुपर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु