बलात्कारका घटना बढ्दैः बर्दिया र पाल्पाबाट तीन पक्राउ

बर्दिया । जबरजस्ती करणी गरेको अभियोग बर्दियामा एक र पाल्पामा दुई जना गरी तीन जना त्रफाउ परेका छन् । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विक पक्राउ गरेको हुन । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका–१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। सुलभले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का एक युवक पनि पक्राउ परेका छन्। रम्भा गाउँपालिका–१ हुँगीस्थित मोटरसाइकल वर्कसप सञ्चालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। महतोले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु