चितवनमा घाँस काट्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु

 

नारायणगढ । पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका–२८, जितपुरका ६१ वर्षीय मगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। स्थानीयका अनुसार उनी वनमा घाँस काट्न गएदेखि सम्पर्कविहीन थिए।

Advertisement

निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार सामुदायिक वनमा शव फेला परे पनि नजिकै बाघ बसिरहेकाले तत्काल नियन्त्रणमा लिन समस्या भएको छ। अहिले हात्तीको प्रयोग गरी बाघ धपाउने र शव कब्जामा लिने प्रयास भइरहेको छ ।

घटनास्थलमा निकुञ्जको प्राविधिक टोलीसहित खोजी तथा उद्धार टोली परिचालन गरिएको छ। टोलीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सुरक्षित दूरीमा राखेर सनाखत तथा थप अनुसन्धानको काम अघि बढाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु