कालीकोट, ५ मंसिर/ तिलागुफा नगरपालिका-१ नाग्मागार्डस्थित तिला नदीले बगाएर हाल नाम, थर वतन नखुलेका अन्दाजी ३८ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।
नदीले बगाइरहेको अवस्थामा प्रहरी चौकी नाग्मागरीको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी स्थानीय मेडिकल पठाएको थियो । थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









