जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठ पक्राउ

 

काठमाडौँ — जनआस्था साप्ताहिका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनको पक्राउ बारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

Advertisement

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु