करेन्ट लागेर मृत्यु

 

काठमाडौं- नुवाकोट, ककनी गाउँपालिका-१ जलकिनी बस्ने ४८ वर्षीय आइत राम बलामीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित विजुलीको पोलबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

धनुषा, नगराईन नगरपालिका-८ खिरखिरिया बस्ने २५ वर्षीय सितेस कुमार दासको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु