जाजरकोट । जाजरकोटको भेरी नगरपालिका(२ फारुल्लामा शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका छन् ।
Advertisement
पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो ।
पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगञ्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ ।
अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए ।
घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।








