गेरुवाका १९ वर्षीय युवा बुवाको हत्या अभियोगमा पक्राउ

 

बर्दिया। आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दिया गेरुवा गाउँपालिका ५ जगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई
प्रहरीले पक्राउ गरेको छ। विवादपछि उनले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोग छ ।

Advertisement

सरगमको कुटपिटबाट टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु