सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं- काभ्रे, खानीखोला गाउँपालिका-१ स्याउलीथलीस्थित सडकमा बा.१८ च २४२ नम्बरको बोलेरो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका २ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

कैलाली, बर्दगोरिया गाउँपालिका-४ स्थित सडकमा सु.प.प्र-०१-००१ ख ३६९५ नम्बरको ट्रकले लु.प्र-०१-०१० प ००४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका-४ बस्ने ६२ वर्षीया साबित्री देवी सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको दोधारा अस्पताल प्रालि मुडागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु