बाँँके । लागु औषध नियन्त्रण ब्यूरोले हवाई फायर गरी बाँके कोहलपुर नगरपालिका वडा न ६ बाट लागु औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेकोले निजहरुलाई रोकिनको लागी चेतावनी स्वरुप १ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुबाट अफिम १४ के.जी.७६० ग्राम बरामद गरिएको छ । उनीहरुलाई आवश्यक थप अनुसन्धान कारवाहीको लागि ईलाका प्रहरी कोहलपुर, बाँकेमा बुझाइएको छ।
Advertisement
पक्राउ प्रतिवादीहरुको विवरण :
१. जिल्ला रुकुम (पुर्व) सिस्ने गा.पा. वडा नं. १ ठेगाना भएका वर्ष ४३ को कर्ण बहादुर बुढा
२. जिल्ला बाँके कोहलपुर न.पा. वडा नं. ६ ठेगाना भएका वर्ष ६० को टोप जङ गिरी
बरामद दशी (सामान) को विवरण :
१. लागु औषध अफिम चोप १४ के.जी. ७६० ग्राम
२. मोबाईल थान २








