बालिका बलात्कार घटनाः सहमति अस्वीकार भएपछि पथलैया–वीरगञ्ज सडक अवरुद्ध

 

बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर पीडित परिवार र प्रशासनबिच बिहीबार राति भएको पाँचबुँदे सहमति पीडित पक्षले अस्वीकार गरेको छ । लगत्तै पथलैया–वीरगञ्ज सडकखण्ड शुक्रबार पनि अवरुद्ध भएको छ । सहमति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै पीडित परिवार र स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएपछि सडकमा यातायात सञ्चालन हुन सकेको छैन ।

Advertisement

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वार्ताबाट पाँचबुँदे सहमति भए पनि पीडित परिवारले त्यसलाई स्वीकार नगरेकाले पथलैया–वीरगञ्ज सडकखण्ड बन्द रहेको छ ।

 

सहमति कार्यान्वयनका विषयमा थप छलफल गरी सडक खुलाउने प्रयास भइरहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु