बालिकालाई बलात्कारपछि हत्या घटनाः तातियो मृत्युदण्डको सजायको बहस

बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाले मृत्युदण्डको सजाय बारे नयाँ बहस सुरु भएको छ । यद्यपी नेपालको संविधानमा मृत्युदण्डको सजाय निषेध छ । तर अबोध बालिकाको बालत्कार हत्यापछि चौतर्फी मृत्युदण्डको सजाय माग बारे बहस सुरु भएको हो ।

गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शनिवार काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नाराबाजी गर्दै कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘छोरी जन्मनु अपराध हो ?’ तथा ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।

Advertisement

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मङ्गलवार एउटा घरको खाली कोठामा फेला परेको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको र अभिभावकको जाहेरीका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु