रुकुम पश्चिममा गाडीको ठक्करबाट दुई वर्षीया छोरी र आमाको मृत्यु

रुकुम- रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आउँदै गरेको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्।

Advertisement

लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत श्रीमान्लाई भेटेर फर्किने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला उनीहरूलाई गाडीले ठक्कर दिएको थियो।

मृतक दुवै जनाको शव हाल जिल्ला अस्पतालमा राखिएको छ। ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ का अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु