सरकारसंग सहमतिपछि गरिमाको अन्त्येष्टि

 

बारा । रिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएको छ ।

Advertisement

कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए ।

सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंबाट फर्किएपछि प्रहरीले शव बुझ्न कलैया अस्पताल लगेको थियो ।

बालिकाको अन्तिम संस्कारमा बाराका प्रमूख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरिक्षक नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु