सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक बजारमा दुई वर्षीया बालिका खुसी खातुनको हत्यामा उनकै सौतेनी आमाको संलग्नता रहेको खुलेको छ।
स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी आइतबार बिहान घरबाट हराएकी थिइन्। प्रहरी र स्थानीयको खोजतलासका क्रममा उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो।
Advertisement
घटनालगत्तै नियन्त्रणमा लिइएकी सौतेनी आमा मुस्कान खातुनले सौता रुबिना खातुनसँगको रिसबी र विवादका कारण बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।
मृतक बालिकाको पोस्टमार्टमपछि परिवारले शव बुझेर अन्तिम संस्कार गरिसकेका छन्। बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको र नियन्त्रणमा रहेकी सौतेनी आमामाथि घटनाको थप विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








