चितवन ।नेपालमा कृषिशिक्षाभन्नासाथलामो समयदेखि एउटा नामविशेष रूपमा जोडिँदै आएको छ–रामपुर, चितवन । दशकौँदेखि कृषितथापशु विज्ञानको अध्ययन, अनुसन्धान र प्रयोगात्मकशिक्षाको केन्द्रका रूपमाविकसितहुँदै आएको रामपुर अहिले कृषितथावन विज्ञान विश्वविद्यालयको मुख्य केन्द्र बनेको छ ।
त्यहीऐतिहासिकविरासतबोकेको कृषितथावन विज्ञान विश्वविद्यालयले अहिले शैक्षिक सत्र २०८३÷०८४ का लागि स्नातकतहमानयाँविद्यार्थी भर्नाको प्रक्रिया अघि बढाएको छ।
Advertisement
विश्वविद्यालयले अनलाईन आवेदनखुलाएसँगै आवेदनदिनेको संख्यामा दैनिकभारि वृद्धि भईरहेको छ । मात्र रु. ३००० मा चार वटै स्नातकतहको शैक्षिककार्यक्रमहरु (कृषि स्नातक, पशुचिकित्सातथापशुपालन स्नातक, वनविज्ञान स्नातकतथामत्स्य विज्ञान स्नातक) का लागि २०८३ भाद्र १७गतेसम्मकालागिअनलाईनको माध्यमबाट आवेदनदिने व्यवस्था गरिएको छ भने विद्यार्थी र अभिभावकहरुको अनुकूलताएवं सहजिकरणका लागि यस पटक नेपालभरि समेटिने गरि पायक पर्ने छवटा स्थानहरु (ईटहरी, जनकपुर, हेटौडा, रामपुर, काठमाण्डौ, नेपालगंज) मा प्रवेश परीक्षाको केन्द्र तोकी २०८३ भाद्र २० गते प्रवेश परीक्षा संचालन गर्ने गरि विश्वविद्यालयले कार्ययोजनातयार गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविर सिंह बताउनुहुन्छ ।
प्रवेश परीक्षाको निष्पक्षता र विशिष्टालाई कायमगर्दै प्रवेश परीक्षा संचालन गरिए कै मितिमा परीक्षाफलप्रकाशन गर्ने गरि सबै व्यवस्थाहरु मिलाईएको बारे विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविर सिंहले जानकारी दिनु भयो ।
शिपयुक्तजनशक्तिउत्पादन, बजारको मागतथाविद्यार्थी केन्द्रित पठनपाठनमा केन्द्रितभई विश्वविद्यालयले स्नातकतहहरुकालागिनयाँ पाठ्यक्रमलागू गरि अध्ययन, अध्ययापन, अनुसंधान, नवप्रवद्र्धन, बिजनेस ईन्कूबेशन र प्रसारलाई एकीकृत तबरले संचालन गरिरहेकाले विद्यार्थीहरुको आकर्षण यस कृषितथा वनविज्ञान विश्वविद्यालयकाविभिन्नतह, कार्यक्रमतथाकलेजहरुमा हरेक वर्ष बढिरहेको जिकिर विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविर सिंहको रहेको छ ।
कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारीकाअनुसार देशकाविभिन्नभूगोलमा रहेका विद्यार्थीलाई सहज रूपमा कृषिशिक्षाप्रवेशको अवसर दिन परीक्षा केन्द्रहरू विकेन्द्रित गरिएको हो। विद्यार्थीले आवेदनकालागि रामपुरसम्म धाउनुपर्ने र प्रवेश परीक्षाकालागिपनि एउटै ठाउँमा आउनुपर्ने बाध्यताकम गर्ने उद्देश्यले विभिन्नशहरमा परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।
रामपुर, हेटौँडा, काठमाडौं, जनकपुर, इटहरी र नेपालगञ्ज सहित ६ स्थानमाप्रवेश परीक्षा सञ्चालनहुने व्यवस्थाले देशकापूर्वदेखि पश्चिमसम्मकाविद्यार्थीलाई आवेदन र परीक्षामा सहभागीहुन सहजबनाएको छ ।
यसले एएफयूको यस वर्षको भर्ना प्रक्रियालाई केवलनयाँविद्यार्थी छनोट गर्ने नियमितप्रक्रियामात्रनभई कृषिशिक्षामा दुरदराजकाविद्यार्थीहरुकोपहुँचविस्तार गर्ने प्रयासका रूपमापनि प्रस्तुतगरिएको छ ।
रामपुरको इतिहास विश्वविद्यालयभन्दा पुरानो
कृषितथावन विज्ञान विश्वविद्यालयको स्थापना २०६७ सालमाभएको हो। तर रामपुरमा कृषिशिक्षाको इतिहास भने विश्वविद्यालय स्थापनाभन्दा धेरै पुरानो छ ।
विश्वविद्यालय स्थापनाहुँदात्रिभुवनविश्वविद्यालयअन्तर्गतको कृषितथापशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित कृषिक्याम्पस तथा हेटौँडाको वनक्याम्पसलगायतका संरचनालाई नयाँविश्वविद्यालयको आधार बनाइएको थियो। यसरी हेर्दा एएफयू नयाँनाम र नयाँ संरचनाभएपनियसको शैक्षिकआधार लामो समयदेखि कृषितथावनशिक्षामा सक्रिय संस्थाहरूबाट आएको हो ।
त्यसैले रामपुरलाई केवल एउटा नयाँविश्वविद्यालयको क्याम्पसका रूपमा बुझ्नुभन्दा नेपालको कृषिशिक्षाको ऐतिहासिक केन्द्रका रूपमा बुझ्नुपर्ने कृषिशिक्षासँग सम्बन्धितहरूको भनाइ छ ।
कृषिशिक्षा, पशु विज्ञान, पशुचिकित्सा, वन र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धितअध्ययनतथा अनुसन्धानमा रामपुरको भूमिकालामो समयदेखि रहँदै आएको छ। विश्वविद्यालयबनेपछि यही शैक्षिकविरासतलाई अझ फराकिलो बनाउँदै कृषि, पशुचिकित्सा, मत्स्य विज्ञान र वन विज्ञानलाई एउटै विश्वविद्यालयीय संरचनामा अघि बढाइएको छ ।
विश्वविद्यालय स्थापनाको १६ वर्ष पूरा हुँदा एएफयूबाट करिब ५ हजार ९ सयभन्दा बढी विद्यार्थी उत्तीर्ण भइसकेका छन् भने हजारौँ विद्यार्थी विभिन्नतहमाअध्ययनरत छन्। यसले छोटो समयमै विश्वविद्यालयले तयार गरेको जनशक्तिको आकार पनि देखाउँछ ।
भेटनरिमा १०० जनाविद्यार्थी भर्ना गरिने
विश्वविद्यालयले पूर्वाधार र जनशक्तिविस्तारमा जोड दिँदै पछिल्लो चरणमा भेटेरिनरी काउन्सिलबाट थपपशुचिकित्सा सिटका लागिअनुमतिप्राप्तगरिविश्वविद्यालयले १०० जनाविद्यार्थीसँगै विदेशी ३ जनाविद्यार्थी भर्ना प्रकृया अघि बढेको हो ।
“नेपाल भेटेरिनरी काउन्सिलसँगपूर्व स्वकृतिलिनुपर्ने प्रावधानअनुसार अघि बढ्दै गर्दा विभिन्नविश्वविद्यालयहरुको पनि सँगै प्रकृया अघि बढेकाले काउन्सिलले निर्णय गर्ने समय लिएकाले प्रवेश परिक्षा थोरै समय धकलिएको हो, वहाँहरु पनिनयाँ समितिभएर प्रकृया बुझ्न समस्यापनिभयो होला, हामीत यस वर्ष झन् नियमित १०० जनामाथप३ जनाविदेशीविद्यार्थीहरु पनिभर्ना लिएर पढाउने तयारीमा छौं । सबैको सहयोगको अपेक्ष गरेका छा”ैं भन्नुहुन्छ पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा. शंकरराज बर्सिला । डा. बर्सिलाको अनुसार विश्वविद्यालयले विभिन्न संकायमा गरेर १२ अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न विभिन्नविश्वविद्यालयमार्फत तयारी अगाडि बढाएको छ ।
खेतदेखि प्रयोगशालासम्मको पढाइ
कृषिशिक्षाको सबैभन्दा ठूलो विशेषतायसको प्रयोगात्मकपक्षहो। यही कारण एएफयूले आफ्नो शिक्षण प्रणालीलाई विश्वविद्यालयकाफार्म, प्रयोगशाला र अनुसन्धानसँग जोड्दै आएको छ ।विश्वविद्यालयमाकृषि, बागवानी, मत्स्य, पशुपालनतथावन नर्सरीसँग सम्बन्धितविभिन्नफार्म तथा अनुसन्धान संरचना छन्। विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई खेत तथाप्रयोगात्मक संरचनामाप्रयोग गर्ने अवसर पाउने व्यवस्थाविश्वविद्यालयको शैक्षिक प्रणालीको महत्त्वपूर्ण पक्षहो ।
बीएस्सी एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीका लागियसको अर्थ धान, गहुँ, मकै, तरकारी, फलफूलवाअन्यबालीबारे पुस्तक पढ्नु मात्रहोइन । बालीलगाउनेदेखि उत्पादनव्यवस्थापन, माटोको अवस्था, रोग तथाकीरा व्यवस्थापन, नर्सरी, सिंचाइ, उत्पादनलागत र बजारसम्मकाविषयलाई व्यवहारसँग जोडेर बुझ्ने अवसर प्राप्त गर्नु हो ।यही कारण एएफयूले कृषिशिक्षालाई परम्परागत ‘डिग्री केन्द्रित’शिक्षाभन्दा सीप, अनुसन्धान र व्यवहारसँग जोडिएको शिक्षातर्फ लैजाने प्रयास गरिरहेको छ ।
कृषि पढ्ने कि कृषिउद्यमीबन्ने ?
एएफयूको पछिल्लो शैक्षिकदिशामा देखिएको अर्को महत्त्वपूर्ण परिवर्तन हो, विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने प्रयास।कृषि संकायले सञ्चालनगर्दै आएको ीभबचलष्लन भ्लतचभउचभलभगचष्ब िभ्हउभचष्भलअभअर्थात् ीभ्भ्कार्यक्रमयसको उदाहरण हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कृषि क्षेत्रमावास्तविककाम, अनुसन्धान, सर्वेक्षण, केस स्टडी र उद्यमसँग जोडिने अवसर प्रदान गर्ने गरिएको छ।
विश्वविद्यालयले प्रधानमन्त्रीकृषिआधुनिकीकरण परियोजनातथाअन्य सरोकारवालानिकायसँगको सहकार्यमा विद्यार्थीलाई कृषि क्षेत्रका सुपरजोन, जोन, ब्लक तथानिजी क्षेत्रकाविभिन्नउद्यममा समेत जोड्ने व्यवस्थागर्दै आएको छ। ीभ्भ् मा विद्यार्थीले अनुसन्धान, सर्वेक्षण तथाव्यावहारिक अध्ययनसमेत गर्न सक्ने व्यवस्था छ।कृषि संकायकाविभिन्न सूचनाले पछिल्ला वर्षहरूमाीभ्भ्अन्तर्गत विद्यार्थी वितरण, इन्टर्नशिप, अनुसन्धान–उत्पादनमाआधारित कार्यक्रम र उद्यमशीलतासँग सम्बन्धितगतिविधि निरन्तर सञ्चालनभइरहेको देखाउँछन्।
उपकुलपतिप्रा. डा. ऋषिराम कट्टेलले पनिविश्वविद्यालयले विद्यार्थीलाई केवल प्रमाणपत्र दिनेभन्दाउनीहरूलाई उद्यमशील, अनुसन्धानमुखी र व्यावहारिक जनशक्तिका रूपमाविकास गर्ने दिशामाीभ्भ्लाई जोड दिएको बताउँदै आएका छन्।उनकाअनुसार विद्यार्थीले पढाइ पूरा गरेपछि मात्र रोजगारी खोज्ने अवस्थाबाट माथि उठेर अध्ययनकै क्रममा कृषिउत्पादन, प्रविधि, व्यवसाय र अनुसन्धानसँग जोडिनुपर्ने आवश्यकता छ। यही सोचअनुसार विश्वविद्यालयले ीभ्भ्लाई अझप्रभावकारी बनाउँदै विद्यार्थीलाई वास्तविक कृषिउद्यमसँग जोड्ने प्रयास गरेको छ।
यसले बीएस्सी एग्रिकल्चरको सम्भावितकरियरलाई पनि फराकिलो बनाएको छ।सरकारी सेवा एउटा बाटो हो। त्यसबाहेक निजी कृषिउद्योग, बीउ–बिजन, कृषिप्रविधि, कृषि परामर्श, अनुसन्धान, गैसस, कृषि सहकारी, एग्रीटेक, फार्म व्यवस्थापन र आफ्नै कृषिव्यवसायसमेत विद्यार्थीका लागिविकल्पबन्न सक्छन्।
इजरायलदेखि जापानसम्म ः विद्यार्थीलाई विदेशको अनुभवदिलाउने प्रयास
एएफयूको अर्कोआकर्षण अन्तर्राष्ट्रिय सहकार्य हो।
विश्वविद्यालयमाअध्ययनरत विद्यार्थीलाई विदेशका कृषि प्रणालीसँग परिचित गराउने कार्यक्रम यसअघि पनि सञ्चालनहुँदै आएका छन्। विशेषगरी इजरायलको ीभबचल बलम भ्बचल कार्यक्रमएएफयू विद्यार्थीका लागिचर्चित अन्तर्राष्ट्रिय अनुभव बनेको छ।
यस कार्यक्रममार्फत एएफयूकाविद्यार्थीलाई इजरायल पठाइएको थियो। विद्यार्थीले आधुनिककृषि प्रणाली, संरक्षित खेती, प्रविधि, उत्पादनव्यवस्थापनतथा कृषिउद्यममाव्यावहारिक अनुभवप्राप्त गर्ने अवसर पाएकाथिए। विभिन्नब्याचमाएएफयूकाविद्यार्थी इजरायलपुगेका समाचार सार्वजनिकभएका छन्।
यसलाई सामान्य शैक्षिक भ्रमणभन्दा फरक रूपमा हेरिएको थियो। विद्यार्थीले अध्ययनसँगै कृषि क्षेत्रमाकाम गरेर प्रत्यक्षअनुभवहासिल गर्ने अवसर पाएकाथिए।
यहीअनुभवलाई अबविश्वविद्यालयले अन्य देशसँगको सहकार्यमा विस्तार गर्ने प्रयास गरिरहेको छ।
उपकुलपतिप्रा. डा. कट्टेलकाअनुसार एएफयूले विद्यार्थीका लागिजापानलगायतविभिन्न देशमा इन्टर्नशिप र व्यावहारिक प्रशिक्षणका अवसर विस्तार गर्न पहल गरिरहेको छ। विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयतथा कृषि अनुसन्धान संस्थासँगको सम्बन्धलाई विद्यार्थीको प्रत्यक्षलाभसँग जोड्न खोजेको उनको भनाइ छ।
जापानकाकृषिविश्वविद्यालयसँगएएफयूको सहकार्यको आधारसमेत बनिसकेको छ। जापानको टोकियो युनिभर्सिटी अफएग्रिकल्चरलगायत संस्थासँग साझेदारी तथाविद्यार्थी–शैक्षिक सहकार्यका सम्भावना रहेका छन्।
यसरी हेर्दा एएफयूमाअन्तर्राष्ट्रिय अवसर भन्नाले केवल स्नातकपछि विदेशमाउच्चशिक्षा पढ्ने सम्भावनामात्रहोइन, विद्यार्थी हुँदाहुँदै अन्तर्राष्ट्रिय कृषि प्रणालीमा पुगेर सिक्ने अवसर पनिबन्नथालेको छ।
तर यस्ता अवसर सबै विद्यार्थीका लागि स्वतः सुनिश्चितहुने होइनन्। कार्यक्रम, कोटा, छनोट, शैक्षिक योग्यता, परियोजना र सम्बन्धित साझेदार संस्थाको आवश्यकताअनुसार विद्यार्थी छनोट हुने गर्छन्। त्यसैले एएफयूमाभर्ना हुँदैमा हरेक विद्यार्थी विदेश जाने सुनिश्चितता हुन्छ भन्ने बुझाइ सहीहुँदैन।
तर अन्य धेरै सामान्य कृषिकलेजको तुलनामाविश्वविद्यालयसँग रहेको अन्तर्राष्ट्रिय सहकार्यको सञ्जालविद्यार्थीका लागिअतिरिक्तअवसर बन्न सक्ने देखिन्छ।
नर्वेसँग अनुसन्धानको सम्बन्ध, जापानतर्फ थपपहल
एएफयूको अन्तर्राष्ट्रिय सम्बन्ध इजरायल र जापानमामात्र सीमित छैन।
नर्वेसँग पनिविश्वविद्यालयको अनुसन्धानतथाउच्चशिक्षासँग सम्बन्धित सहकार्यको इतिहास छ।विशेषगरी मत्स्यतथाअन्य अनुसन्धान क्षेत्रमानर्वेजियन संस्थासँग सहकार्य भएको अभिलेखमा देखिन्छ। नर्वेसँग सम्बन्धित केही परियोजनामाएएफयूका अनुसन्धानकर्ता तथाविद्यार्थीलाई अनुसन्धान र उच्चशिक्षाकाअवसरसमेत उपलब्धभएका छन्।यसले एएफयूको अन्तर्राष्ट्रियकरणलाई केवलऔपचारिक समझदारीमा सीमित नराखी अनुसन्धान, प्रशिक्षण र विद्यार्थी विकाससँग जोड्ने सम्भावना देखाएको छ।
उपकुलपतिप्रा. डा. कट्टेलले पनिआगामीदिनमा यस्ता अवसरलाई थपव्यवस्थित र विस्तार गर्ने योजनामाविश्वविद्यालय रहेको बताएका छन्। जापानसहितविभिन्न देशकाविश्वविद्यालयतथा संस्थासँगविद्यार्थीका लागि इन्टर्नशिप, अनुसन्धान र व्यावहारिक तालिमकाअवसर खोज्ने कामभइरहेको उनको भनाइ छ।
यसले कृषिशिक्षा पढ्ने विद्यार्थीका लागिविश्वव्यापी कृषिप्रविधि र उत्पादन प्रणालीसँग जोडिने सम्भावना बढाएको छ।
विदेशीविश्वविद्यालयसँगको सहकार्य बढ्दै
एएफयूले पछिल्ला वर्षमा विभिन्नविदेशीविश्वविद्यालयतथा अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरेको छ।अमेरिकाको युनिभर्सिटी अफवायोमिङसँग अनुसन्धान, शिक्षकक्षमताविकास तथाविद्यार्थी आदानप्रदानकाविषयमा सहकार्य अघि बढाउने समझदारी भएको छ। एसियालीप्रविधि संस्थानसँगपनि शिक्षण, अनुसन्धान, तालिमतथाउच्चशिक्षाका क्षेत्रमा सहकार्यको आधार तयार भएको छ।
यस्ता सहकार्यले एएफयूलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालमा जोड्ने मात्रहोइन, विद्यार्थी र शिक्षकलाई नयाँप्रविधि, अनुसन्धानविधि र विश्वस्तरीय कृषिअभ्याससँग परिचित गराउने सम्भावनापनि बढाउँछ।
युरोपेलीविश्वविद्यालयतथा संस्थासँग सम्बन्धितविभिन्न परियोजनामापनिएएफयू सहभागीहुँदै आएको छ। विद्यार्थीको क्षमताविकास, रोजगारीयोग्यतातथाप्रतिभाविकासलाई केन्द्रमा राखिएका यस्ता परियोजनाले कृषिशिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्ने प्रयास गरिरहेका छन्।
देशभित्रपनि बढ्दै सहकार्य
विदेशीविश्वविद्यालयसँगको सहकार्यसँगै ब्ँग्ूले नेपालभित्रका कृषितथाविकाससँग सम्बन्धित संस्थासँगपनि सहकार्य विस्तार गरेको छ।संयुक्त राष्ट्रसंघीय खाद्यतथा कृषि संगठनसँग कृषि अनुसन्धान, उत्पादकत्व, किसानको क्षमताविकास, जलवायु परिवर्तन रखाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा सहकार्य अघि बढेको छ।
त्यसैगरी कृषि सहकारी क्षेत्रसँगपनिविद्यार्थी अनुसन्धान, इन्टर्नशिपतथाक्षमताविकासकाविषयमा समझदारी भएको छ।प्रदेश सरकारका कृषितथाभूमिव्यवस्थापनसम्बन्धीनिकायसँगको सहकार्यले विद्यार्थीलाई अध्ययनकाक्रममावास्तविक कृषि क्षेत्रसम्मपुग्ने अवसर सिर्जना गर्न सक्छ।यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ—एएफयूको कक्षा रामपुरमा भएपनियसको प्रयोगशाला र कार्यक्षेत्र देशकाविभिन्न कृषि क्षेत्रसम्म फैलाउने प्रयास भइरहेको छ।
देशका कुनाकाप्चाबाट आवेदन, आफ्नै नजिकप्रवेश परीक्षा
यस वर्षको बीएस्सी एग्रिकल्चर भर्नाको अर्को महत्त्वपूर्ण पक्षहो—प्रवेश प्रक्रियाको विकेन्द्रीकरण।
पहिले कृषि पढ्न चाहने विद्यार्थीले आवेदन, परीक्षा वाअन्यप्रक्रियाकालागि रामपुर वा काठमाडौंसम्म धाउनुपर्ने अवस्था धेरैका लागिखर्चिलो र झन्झटिलो हुन सक्थ्यो।तर अहिले अनलाइनआवेदन र विभिन्नशहरमा प्रवेश परीक्षा सञ्चालन गर्ने व्यवस्थाले त्यो दूरी घटाएको छ।पूर्वी नेपालकाविद्यार्थीका लागि इटहरी, मधेशकालागिजनकपुर, पश्चिमतर्फ नेपालगञ्ज, बागमती क्षेत्रकालागि काठमाडौं तथा हेटौँडा र मुख्य शैक्षिक केन्द्र रामपुरमा परीक्षा दिन सकिने व्यवस्थाले भूगोलका कारण विद्यार्थीले अवसर गुमाउनुपर्ने अवस्थाकम गर्ने अपेक्षा गरिएको छ।
कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारीकाअनुसार देशकाविभिन्न ठाउँमा प्रवेश परीक्षा दिन सकिने व्यवस्थाविद्यार्थीको पहुँचलाई ध्यानमा राखेर गरिएको हो। विशेषगरी टाढाका जिल्लाबाट आउने विद्यार्थी र आर्थिक रूपमाकमजोर परिवारका विद्यार्थीलाई परीक्षा प्रक्रियामै सहजताप्रदान गर्नु यसको उद्देश्य रहेको उनले बताए।यसले एएफयूमाअध्ययन गर्न चाहने विद्यार्थीका लागिभौगोलिक दूरीलाई पहिलेको तुलनामाकम महत्वपूर्ण बनाएको छ।
रामपुर पढेकाको छुट्टै पहिचान
कृषि क्षेत्रमालामो समयदेखि रामपुरको आफ्नै पहिचान छ। रामपुर कृषिक्याम्पसको पुरानो शैक्षिकविरासत र त्यसबाट उत्पादितजनशक्तिले नेपालका कृषिकार्यालय, अनुसन्धान संस्था, शिक्षण संस्थातथाविभिन्नविकास परियोजनामालामो समयदेखि योगदानगर्दै आएको छ।विश्वविद्यालय स्थापना भएपछि यहीविरासतएएफयूको नाममा अघि बढेको छ।यसकारण कृषि क्षेत्रमा ‘रामपुर’को नामप्रतिको विश्वास नयाँ कुरा होइन। तर यसलाई ‘एएफयूका सबै विद्यार्थी देशका सबै क्षेत्रमापहिलो रोजाइमा पर्छन्’ भनेर तथ्यांकबाट प्रमाणित गरिएको राष्ट्रिय निष्कर्षका रूपमाभने लिनु उचितहुँदैन।यसको वास्तविक बल भनेको पुरानो शैक्षिकविरासतसँगनयाँविश्वविद्यालयीय संरचना, अनुसन्धान, उद्यमशीलता र अन्तर्राष्ट्रिय सहकार्य जोडिनु हो।
अबको एएफयू ः जागिर खोज्ने होइन, अवसर सिर्जना गर्ने जनशक्ति
नेपालमा कृषिशिक्षाको चुनौती अब केवलदक्ष कृषिप्राविधिकउत्पादन गर्नुमा सीमित छैन।कृषिमा बढ्दो आयात, युवाको विदेश पलायन, कृषिश्रमिकको अभाव, जलवायु परिवर्तन, बजारको अस्थिरता, उत्पादनलागत र प्रविधिको तीव्र परिवर्तनले कृषिशिक्षालाई पनिबदलिनबाध्यबनाएको छ।यस्तो अवस्थामाबीएस्सी एग्रिकल्चर पढेको विद्यार्थीले चार वर्षपछि केवल प्रमाणपत्र लिएर जागिर खोज्ने होइन, कृषिलाई व्यवसायका रूपमाबुझ्ने, अनुसन्धान गर्ने, प्रविधिप्रयोग गर्ने र आफैँ रोजगारी सिर्जना गर्न सक्ने हुनुपर्ने आवश्यकता छ।
एएफयूले ीभ्भ्, विद्यार्थी इन्टर्नशिप, अनुसन्धान, फार्ममा आधारित सिकाइ र स्टार्टअप सहयोगमार्फत यहीदिशातर्फ जाने प्रयास गरेको देखिन्छ। विश्वविद्यालयको पछिल्लो सूचनामाीभ्भ्अन्तर्गत अनुसन्धान–उत्पादनमाआधारित विद्यार्थी कार्यक्रम, इन्टर्नशिप र विद्यार्थी छनोटका गतिविधि निरन्तर देखिन्छन्।उपकुलपतिप्रा. डा. कट्टेलले विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने विषयलाई विश्वविद्यालयको प्राथमिकतामध्ये एकका रूपमा अघि सारेका छन्। उनकाअनुसार कृषि पढेका विद्यार्थीले कृषि क्षेत्रमाअवसर खोज्ने मात्रहोइन, आफैँ अवसर सिर्जना गर्न सक्ने वातावरण विश्वविद्यालयले बनाउनुपर्छ।








