सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं- स्याङ्जा, गल्याङ नगरपालिका-८ करादीस्थित सडकमा गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग.१ ज ६५३४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्ने २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र सोही नगरपालिका-९ बस्ने ६० वर्षीय यम बहादुर विक रहेका छन् । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-२ बल्खु चोकस्थित सडकमा बा.५ ख ४५८९ नम्बरको बसले बा.प्र.०२-०२७ प ३४८६ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक काठमाडौं बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका १८ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु