रसुवा । रसुवा जिल्लामा बुधबार बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्याएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै वटा घरहरू बगाएको छ । ‘क्षतिको यकिन विवरण आएको छैन ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकोमा हालसम्म ८ जना मात्र सम्पर्कमा आएका छन् । थप विवरण बुझ्ने प्रयास भइरहेको उनले बताए ।
आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति, धेरै वटा घरहरू बग्यो








