- रसुवामा बुधवार बिहान आएको बाढीका कारण धनजनको ठूलो क्षति, बिहीवार बिहानसम्म कम्तीमा १६२ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी
- त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनसम्म नै खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन सरकारको अनुरोध
बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह - विपद्का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह
- क्षतिबारे विवरण आउने क्रम जारी
नुवाकोट र रसुवामा राहत आधार कार्यालय स्थापना : गृह मन्त्रालय
बुधवार भोटेकोशी नदीमा एक्कासि आएको बाढीपछि राहत र उद्धार कार्य तीव्र बनाइएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।
“हाम्रो एउटा टोलीले अवस्था विश्लेषण पनि गरिरहेको छ। निजी क्षेत्रको हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरहरू उडिसकेको अवस्था छ,” गृह प्रवक्ता आनन्द काफ्लेले भने।
Advertisement
“यसैको समन्वयका लागि गृहका एकजना सहसचिव अहिले विमानस्थलमै हुनुहुन्छ।”
राहत र उद्धारलाई सहजीकरणका लागि धुन्चे र नुवाकोटमा दुईवटा आधार कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।
“नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अहिले बट्टारमा भएका बेसहरू, गुल्म र तालिम केन्द्रहरूमा बन्दोबस्ती व्यवस्थापनका लागि बेस स्थापना भएको छ,” उनले भने।
“त्यसका लागि पनि नेपाल प्रहरीको एउटा टोली त्यहाँ बिहानै गइसकेको छ।”
१६२को शव सङ्कलन, सयौँ हराइरहेका: नेपाल प्रहरी
बाढीका कारण ज्यान गुमाएकाहरू मध्येमा नेपालमा हालसम्म १६२ भन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
सम्पर्कविहीन हुनेहरूमा २७ भन्दा बढी देशका सयौँ पर्यटकहरू पनि छन्।
हराइरहेकामध्ये १०० भन्दा बढी भारतका ५४ जना अमेरिकाका ३४ जना अस्ट्रेलियाका र ३३ जना यूकेका रहेका अधिकारीहरूले बताएका छन्।
तिब्बतमा पनि तीनजनाको मृत्यु भएको र २६५ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएको छ। नेपालमा दर्जनौँ प्रहरी र सैनिकहरू पनि हराइरहेका छन्।








