रसुवा बाढीः अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण अहिलेसम्म ३५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १७ जनाका शव रसुवामा फेला परेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६:२० बजे सार्वजनिक गरेको विवरणमा अहिलेसम्म बाढीका कारण मृत्यु हुने १३२ जनाको शव चितवनमा फेला परेको जनाएको छ।

भोटेकोशी र तल त्रिशूली एवम् नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित आठ जिल्लामा शव फेला पर्ने क्रम जारी छ।

Advertisement

अतिप्रभावित क्षेत्रबाट अधिकांश शवहरू नदीमा बगेर तल पुगेका हुन्। चितवनभन्दा तल रहेका नवलपरासी पूर्व र पश्चिममा पनि पनि नारायणी नदीमा शवहरू फेला परेका छन्।

रसुवाको धुन्चे आइपुगेपछि भोटेकोशी नदीले त्रिशूलीको रूप लिन्छ। तनहुँ हुँदै आएको कालीकण्डकी नदी देवघाटमा मिसिएपछि नारायणी नदी बन्छ। भारत प्रवेश गरेपछि उक्त नदीलाई गण्डक भनिन्छ।

५४० पर्यटक सम्पर्कविहीन, ३१ जनाको उद्धार – नेपाल पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले ३१ देशका ५४० विदेशी नागरिकहरू हराइरहेको जनाएको छ।

पर्यटकका रूपमा उक्त भेगमा गएकाहरूहरूमध्ये सबैभन्दा धेरै भारतका १७८ जना छन्।

त्यसपछि आफ्ना धेरै नागरिकहरू हराउनेमा अमेरिकाका ६५, युक्रेनका ५३, मलेशियाका ५१, अस्ट्रेलियाका ३५ र ब्रिटेनका ३३ जना छन्।

यीबाहेक पर्यटककै रूपमा गएका १२७ जना नेपालीहरू समेत हराइरहेका छन्।

बिहीवार प्रभावित क्षेत्रबाट विभिन्न देशका ३१ विदेशी

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु