काठमाडौं- गोकर्णेश्वषर नगरपालिका-२ नाम्गेलबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय बिजय विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले बा.९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








