टेकोशी बाढी विपत्तिको चौथो दिन : खोजी, उद्धार र राहतका प्रयास तीव्र

 

काठमाडौँ- भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको आज चौथो दिन पुगेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा तथा पूर्वी नवलपरासीलगायतका क्षेत्रमा खोजी, उद्धार र राहत कार्य निरन्तर जारी छ। अचानक आएको बाढीको कारकबारे जलवायु तथा हिमनदी विशेषज्ञहरूले अध्ययन सुरु गरेका छन्।

Advertisement

नेपाली सेनासहित १५ हजार २ सय २४ जना सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। उद्धार उडानहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशूली र धुन्चे क्षेत्रमा केन्द्रित छन्।

हालसम्मको अद्यावधिक स्थिति
मृतकको संख्या: ६६९ जनाको शव फेला परेको छ। (जसमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अंग रहेका छन्। हालसम्म २० वटा शव आफन्तलाई बुझाइएको छ।)

बेपत्ता: नेपाल प्रहरीका अनुसार अझै २ हजार ३ सय ६२ जना (स्वदेशी १८६३ र विदेशी ५२३) सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा २७ जना प्रहरी कर्मचारीसमेत छन्।

उद्धार तथा उपचार: हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ भने २ हजार ३ सय १ जना घाइते भएका छन्। विभिन्न अस्पतालमा १०१ जनाको उपचार भइरहेको छ।

विस्थापित व्यवस्थापन: नुवाकोटका ९ वटा होल्डिङ सेन्टरमा प्रभावित १ हजार जनालाई राखिएको छ।

राहत र सहायता नीति
सरकारले राहत वितरणमा पारदर्शी र व्यवस्थित बनाउन एकद्वार नीति लागू गरेको छ। सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत सोझै सहयोग पठाउन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु