काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा गएको भीषण बाढी-पहिरोमा पुरिएकी एक ६ वर्षीया बालिकालाई दुई दिनपछि जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले निरन्तरको प्रयासपछि शनिबार ती बालिकालाई माटोमुनिबाट सकुशल बाहिर निकालेको हो।
अविरल वर्षाका कारण टिमुरे क्षेत्रमा गएको पहिरोले ठूलो धनजनको क्षति पुर्याएपछि सुरक्षा निकायहरू खोजी तथा उद्धारमा खटिएका थिए। उद्धार लगत्तै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पठाइएको छ। बालिकाको स्वास्थ्य अवस्था र घटनाको थप विवरण आउन बाँकी रहेको छ।
Advertisement
हाल सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।








