Advertisement
रसुवा- भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवाको उत्तरगया गाउँपालिकाका बस्ती, सडक र विद्यालयहरू तहसनहस बनाएको छ। बाढीका कारण उत्तरगया क्षेत्रका चार वटा विद्यालयका करिब साढे तीन सय विद्यार्थी र चार जना शिक्षक-कर्मचारी अझै सम्पर्कविहीन छन्।
बाढीले घरबार खोसेपछि अहिले विस्थापित बालबालिका र परिवारहरू शिवालय आधारभूत विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। आफ्ना आमा-बुबा र आफन्तको पर्खाइमा रहेका बालबालिकाहरू टोलाएर बस्ने र टोली देख्नासाथ अभिभावक आएको आशामा झुम्मिने गरेका छन्।
बाढीमा परिवारका सबै सदस्य गुमाएकी ९ वर्षीया भुजना तामाङले भनिन्,पछि कसैसँग भेट भएको छैन। सबैले मेरो बुबा-आमा, भाइ र दिदीलाई बगायो भन्छन्। तर मलाई आउनुहुन्छ जस्तो लाग्छ… सपनामा आउनुभएको देख्छु।”








