काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९:०० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका विभिन्न स्थानबाट हालसम्म ९०३ जनाको शव फेला परेको हो।
Advertisement
बाढीका कारण स्थिति थप भयावह बनेको छ। प्राधिकरणका अनुसार अझै ४ हजार २ सय ४७ जना नागरिक सम्पर्कविहीन छन् भने २ सय ६७ जना घाइते भएका छन्।
प्राधिकरण तथा सुरक्षा निकायको टोलीले उद्धार कार्यलाई तीव्र बनाएको छ। हालसम्म प्रभावित क्षेत्रहरूबाट १० हजार ४ सय ५१ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। बेपत्ता भएकाहरूको खोजीका साथै घाइतेहरूको उपचार र राहत वितरणको काम निरन्तर जारी रहेको जनाइएको छ।








