रसुवागढी सुरुङभित्र बाढीमा कोही भेटिएनन्न, उद्धारमा खटिएको सेनाको टोली फर्कियो

 

काठमाडौँ/रसुवा — भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कुनै पनि मानिस नफसेको पुष्टि भएको छ। सुरुङको अन्तिम भागसम्मै पुगेर खोजतलास गर्दा पनि मानवीय उपस्थिति नभेटिएपछि उद्धारमा खटिएको नेपाली सेनाको टोली फर्किएको छ।

Advertisement

बाढीपछि सुरुङको भित्री भागमा कामदार वा स्थानीय फसेको हुनसक्ने आशङ्कामा नेपाली सेनाले इन्जिनियर र ड्रोन टोलीसहित विशेष खोजी अभियान चलाएको थियो। सुरुङको अन्तिम बिन्दुसम्मै ड्रोन उडाएर मसिनो गरी खोजी गर्दा कोही पनि फेला नपरेपछि खोजी कार्य सम्पन्न गरी सेनाको टोली धुन्चे फर्किएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु