काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म विभिन्न आठ जिल्लाबाट उक्त परिमाणमा मृतकहरूको शव फेला पारिएको हो।
प्राधिकरणले दिएको विवरण अनुसार बाढीले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र चितवनका विभिन्न स्थानमा भेटिएका हुन्।
Advertisement
जिल्लागत रूपमा भेटिएका शवको विवरण:
-
चितवन: ३२१ जना
-
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): २१६ जना
-
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): १७० जना
-
नुवाकोट: ९५ जना
-
गोरखा: ६५ जना
-
धादिङ: ५५ जना
-
तनहुँ: ३८ जना
-
रसुवा: २७ जना
प्राधिकरणका अनुसार बाढीमा परेका अन्य ३ हजार ९१६ जना अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन् भने २७९ जना घाइते भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा बेपत्ताहरूको खोजतलास कार्य निरन्तर जारी छ।








