भोटेकोशी बाढी: १,१२७ शव फेला, ९११ जनाको पहिचान हुन बाँकी

 

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण मृत्यु हुनेहरूको संख्या १ हजार १ सय २७ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहान ५ बजेसम्म विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत गरी सो संख्यामा शव संकलन गरिएको हो।

Advertisement

जिल्लागत रूपमा फेला परेका शवको विवरण:

चितवन: ३४८

नवलपरासी पूर्व: २१७

नवलपरासी पश्चिम: १९०

नुवाकोट: १५५

गोरखा: ६६

धादिङ: ५९

रसुवा: ४५

तनहुँ: ३८

भारत (सीमावर्ती क्षेत्र): ९

फेला परेका शवमध्ये १ हजार १ सय १३ वटाको लासजाँच मुचुल्का तयार भइसकेको छ भने पहिचान खुलेका ९५ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचान हुन नसकेका बाँकी ९ सय ११ वटा शवको हुलिया तथा विवरण भने नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ, जसका माध्यमबाट सर्वसाधारणले आफ्ना बेपत्ता आफन्तको पहिचान गर्न सक्नेछन्।

उद्धार र खोजीको अवस्था:
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा हालसम्म ६ हजार ५ सय ४१ जनाको जीवितै उद्धार गरेको छ।

अझै पनि ४ हजार ८ सय ५८ जना बेपत्ता रहेकाले तिनको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण अवरुद्ध भएका राजमार्ग तथा सडक खण्डहरू हटाउने कामसमेत जारी राखेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु