मृत अवस्थामा फेला

काठमाडौं, ६ मंसिर/ रोल्पा, त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
जुम्ला, गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

Advertisement

ललितपुर, गोदावरी नगरपालिका-११ चापागाउँ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका-२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु