नेपालगन्ज । कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ।
दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो।
Advertisement
राष्ट्रिय जनगणना अनुसार नेपालमा १० वर्षको अवधिमा १२ लाख घरपरिवार थप भएका थिए।
त्यसमध्ये कृषि कर्म गर्ने करिब तीन लाख परिवार थपिएका हुन्।
यद्यपि नेपालका कुल परिवारमध्ये ६२ प्रतिशत मात्र कृषक परिवार रहेको पाइएको छ।
दश वर्षअघि कुल परिवारमध्ये ७१ प्रतिशत परिवार कृषक थिए।









