लमही दाङ्ग, ६ मंसिर बुधबार/ भौतिक पुर्वाधार बिकास मन्त्रालय लुम्बिनी प्रदेशको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त गोष्ठीमा पहिलो दिन बुधाबार लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका भुमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय र उर्जा बिकास शाखले कार्यप्रगति प्रस्तुत गरेकाछन् ।
कार्यक्रमका प्रमुख अथिति भौतिक पुर्वाधार बिकास मन्त्री धर्म बहादुर चौधरीले मन्त्रालय निकाट कार्यालयका प्रमुखहरुले फिल्डमा बास्तबिक आवश्यकतालाई बिश्लेषण गरेर योजना नबनाउदासम्म बास्तबिक उपलब्धि नआउने टिप्पणी गरेकाछन् ।
Advertisement
मन्त्रालय निकटका सबै कार्यालयका प्रमुख, कर्मचारीहरुले फिल्डमा गएर बास्तबिक दाताका आधारमा योजना बनाउनु पर्छ, अनि मात्रै बास्तबिक उपलब्धि देखिने मन्त्रि चौधरीले भने ।
कार्यप्रगति धेरै ढिलो हुने भएकाले उत्प्रेरणात्मक तरिकाले समन्वयकारी भुमिकाबाट काम सम्पन्न गर्न सबै कार्यालयका प्रमुखहरुलाई निर्देशन समते मन्त्रि चौधरीले दिए । त्रैमासिक समिक्षा गोष्ठीमा मान्त्रालयका सचिव सुनिल पौडेलले कार्यप्रगति नदेखिए पनि समास्या बुभ्mनका लागि भएपनि समिक्षा गोष्ठी आयोजना गरिएको बताए ।
डकुमेन्टेसनमा हामी सबै कमजोर भएकाले नियामित दातालाई अपडेत गर्न सुझाव उनले दिए । समन्वयकारी भुमिकाबाट धेरै काम हुने भएकाले जनप्रतिनिधि लगायत्का सरोकारवाला निकायसंग समन्वय गरी काम गर्न आग्रह समते सचिव पौडेलले गरे ।
समिक्षा गोष्ठीमा कार्यालयका प्रमुखहरुले काम गर्दा भोगिरहेका समस्या तथा चुनौतीबारे समेत जानकारी गराएका थिए । दोस्रो दिन बिहिबार मन्त्रालय निकाट सडक पुर्वाधार बिकास कार्यालय, ग्रमिण सडक संजाल सुधार आयोजना र झोलुङ्गे पुलको अवस्थाबारे प्रगति प्रस्तुतिकरण रहने मन्त्रालयले जनाएको छ ।









