कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन मंसिर १६ र १७ मा बुटवलमा

 

बुटवल — कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशस्तरीय प्रथम सम्मेलन मंसिर १६ र १७ मा बुटवलमा गर्ने भएको छ । सम्मेलनको उद्घाटन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने छन् ।

Advertisement

सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनका लागि सम्मेलनको बन्द सत्रका लागि १२ वटै जिल्लाबाट निर्वाचित झन्डै ७ सय ५० जना प्रतिनिधि आउने प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् ।

त्यस्तै प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु