बर्दिया — बर्दियाको गुलरिया-४, तुलापुरस्थित केराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका अनुसार चारै जनाको शव अहिले निकाल्ने प्रयास भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।
घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।









