भीषण पहिरो जाँदा चौलानी नदी थुनिने जोखिम

बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भीषण पहिरो जाँदा चौलानी नदी थुनिने जोखिम बढेको छ। अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गरी नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

घटनाका सम्बन्धमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल भन्नुहुन्छ, “पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। नदी किनारका बस्तीहरूलाई सचेत गराउन लागिएको छ। पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ, प्रहरीको टोली त्यसतर्फ पठाइसकिएको छ।”

Advertisement

जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई पूर्वसावधानी अपनाउन र सुरक्षित स्थानमा रहन सचेत गराएको छ। प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु