काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
ललितपुरको बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी नीति र अनुशासन उल्लंघन गरेको ठहर गर्दै सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई कारबाही गरेको हो।
Advertisement
पार्टीको आधिकारिक निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई निष्कासन गरिएको जसपा नेपालले जनाएको छ। निष्कासित सांसदहरूको पद रिक्त गराउन चाँडै प्रदेशसभामा पत्राचार गरिने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको र अनुशासन उल्लंघन गरेको भन्दै लुम्बिनीका ४ जना प्रदेशसभा सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
उनीहरूको प्रदेशसभा सदस्य पद रिक्त गराउन जल्दै प्रदेशसभामा पत्राचार गरिने जसपा नेपालले जनाएको छ।








