बर्दिया । नागरिक उनमुक्ति पार्टीले केन्द्रीय अधिबेशनलाई लक्षित गरी धमाधम कृयाशिल सदस्य वितरण गर्नुका साथै केन्द्रीय प्रतिनिधिहरु छनौट गरिरहेको छ ।
उक्त पार्टीको केन्द्रीय अधिबेशन टिकापुरमा पुस २६, २७ र २८ गते हुने भएको छ । पार्टीको बिधान अनुसार केन्द्रीय प्रतिनिधिमा हरेक वडाबाट दुई जना महिलासहित ६ जना रहने छन् । महाधिबेशन प्रचार प्रसार विभाग प्रमुख तथा केन्द्रीय सदस्य ठाकुरसिंह थारुका अनुसार केन्द्रीय अधिबेशनमा प्रयबेक्षक र प्रतिनिधिहरु गरी करिव २० हजारले सहभागिता जनाउँदैछन् । त्यसका लागि तयारी तिब्र पारिएको छ ।
Advertisement
महाधिबेशन संयोजक रेशमलल चौधरीले प्रथम अधिबेशन ए्ेतिहासिक हुने बताएका छन् । हाम्रो अधिबेशनलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको छ । टिकापुरमा देशभरीका प्रतिनिधिहरु जम्मा भएर शान्ति र सदभावको सन्देश दिने छौँ, उनले भने ।
महाधिबेशनमा सातै वटै प्रदेश (कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम) बाट प्रतिनिधिहरु सहभागि हुने छन् । महाधिबेशन स्थल २०७२ भदौ ७ गते टिकापुरमा भएको झडप स्थललाई रोजिएको छ । उक्त स्थलबाट नागरिक उन्मुक्ति पार्टीले शान्ति र सदभावको सन्देश दिने छ । उक्त महाधिबेशनले नयाँ केन्द्रीय समिति चयन गर्नुका साथै पार्टीको अगामि भावी कार्यक्रम तय गर्ने छ ।









