नेपालगन्जको व्यस्त बजारमा कहाँबाट आयो जरायो ?

तस्बिरः गजेन्द्र गुरुङ
बाँके । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्ती नजिकै शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा भेटिएको जरायोलाई उद्दार गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीले जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो ।

Advertisement

करिब १५० किलोको भाले जातिको उक्त जरायो कसैले घरमा पालेको हुनसक्ने शंका गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु