नेपालगन्ज — बाँकेको नेपालगन्ज–१७ की १७ वर्षीया किशोरी सालीनी पाठकको ट्याकरको ठक्करले मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका धम्बोझी चोक नजिकै आइतबार साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
Advertisement
बुवा दिलीपकुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएका मोटरसाइकल चालक दिलीप भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।









