रसुवा बाढीको ११ औँ दिनः एक बिदेशीसहित दुई जनाको जिवितै उद्दार

काठमाडौं ।रसुवा बाढीको ११ औँ दिन एक बिदेशीसहित दुई जनाको जिवितै उद्दार गरिएको छ ।  नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ। सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो।

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु