दैलेख । दैलेखको नौमूले गाउँपालिका–४ कालिकामा सीता योगीले खाना पकाउने भाँडा प्रहार गर्दा उनको श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको मृत्यु भएको छ ।
श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ ।
Advertisement
भड्डुमा ढिँडो पकिरहेका बेला श्रीमान भीमले पहिला हात छाडेपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भएको प्रहरीले जनाएको छ । सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।









