भारतीय नागरिकको कुटपीटबाट गुलरीयाका यादवको `मृत्यु`

बर्दिया । औषधि उपचारका क्रममा उत्पन्न विवादलाई लिएर नेपाल भारत सिमावर्ती लौकाही बजारका भारतीय नागरिकको कुटपीटबाट गुलरिया नगरपालिका–११ डाडालालपुरका ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको स्थानीयले बताएका छन् ।

यता बर्दिया प्रहरीले भने घटनाबारे जानकारी आएलगत्तै भारतीय समकक्षी अधिकारीहरुसंग समन्वय गरी घटना बारे जानकारी लिईरहेको जनाएको छ । मृतकका परिवारका अनुसार सीमावर्ती लौकाही बजारका जलालु खानलगायत करिब १० जनाले यादवलाई लौकाही बजार नजिक निर्घात कुटपिट गरेका हुन ।

Advertisement

सिमावर्ती बजार लौकाहीका डाक्टर अतहर खानको मेडिकलमा औषधि उपचारका क्रममा  विवाद भएको थियो । त्यही विषयलाई लिएर डाक्टर अतहर खानको औषधि पसलमा विवाद भएको हो ।

डाक्टर अतहर खान र उनको बुवा जलालु खानलगायतले निर्घात लठ्ठी र चिर्पटा प्रयोग गरि कुटपिट गरी घाईते भएका रमेशलाई बर्दिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको श्रीमति प्रमिला यादवले बताईन् ।

बर्दिया अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नाएपछि थप उपचारका लागि भारतको लखनउमा लगिएको र उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको श्रीमति प्रमिलाको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता (डिएसपी) तुलसीराम आर्यालले घटना बारे जानकारी आएपछि त्यसबारे बुझिरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु