
बर्दिया, २०८० मंसिर ११ सोमबर
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ र ४ मा पर्ने बढैयाताललाई उत्पादनसंग प्रतक्ष्य जोड्नु पर्ने गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताएकाछन् । सोमबार बढैयातालको गुरु योजना सम्बन्धि सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले भने, ताल निर्माणधिन आवस्थामा रहेको छ, हामी पहल गर्दै आएका छौं । अबको केही बर्षमा ताललाई उत्पादनसंग प्रतक्ष्य जोड्ने छौ । उनले भने, अहिले तालको मुख्य चुनौती बजेट अभाव र भुमाफियाले बिगतमा गरेको ताल अतिक्रमण हो । हामीले त्यसको समान गर्दै छौ । उक्त बिषय अदालतमा बिचाराधिन आवस्थामा रहेको छ ।
Advertisement
बढैयातालको गुरु योजनाबारे स्थानिय सरोकारवालाहरुसंग सोमबार छलफल गरिएको छ । छलफल कार्यक्रममा सरोकारवालाहरुले तालको बिकासका लागि गाउँपालिकाले समयमै पहल गरेर अगाडी बढ्नु पर्ने बताएकाछन् ।
बिगतमा भुमाफियाले गरेको जग्गा अतिक्रममणलाई तालमा राख्नु पर्ने माग समेत सहभागी सारोकारवालाहरुले गरेकाछन् । त्यसका लागि स्थानीयले पुर्णरुपमा साथ सहयोग गर्ने बताएकाछन् । बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम चौधरीको अध्यक्षतामा भएको गुरु योजनाबारे छलफल कार्यक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, एमाले बढैयाताल गाउँकमिटीका अध्यक्ष प्रेमराज त्रिपाठी, नागरिक उन्मुक्ति पाटी बढैयाताल कमिटीका अध्यक्ष लल्लुराम थारु, स्थानीय अगुवा भगतराम थारु, बाबुराम अर्याल लगायत्ले गुरु योजनाबारे सुझाव दिएका थिए ।
गुरु योजनाबारे इन्जिनियार केशव पौडेलले प्रकाश पारेका थिए, भने वडा नम्बर २ का वडा अध्यक्ष लिलादेब गरी, योजना शाख प्रमुख उसमान साई लगायत्को सहभागिता थियो ।
गत बर्ष बढैयातालको पुर्वा र उत्तरतर्पm १६ मिटरको सडक निर्माण, पक्की तटबन्धन, चरा बस्ने दुई ओटा ठाउँ निर्माणि गरिएको छ । जसमा पौने चार करोडको बजेट खर्च गरिएको थियो । डिपिआर अनुसार बढैयाताल निर्माणका लागि एक अर्ब १७ करोड बजेत लाग्ने छ ।
चालु आर्थिक बर्षमा गाउँपालिकाले ताल बिकासको लागि एक अर्ब बजेत बिनियोजन गरेको छ । संघिय सरकारबाट २ करोड ६६ लाख रुपैया बजेट बिनियोजन गरिएको छ । यसका साथै प्रदेश सरकारले पनि भाौतिक पुर्वाधार निर्माणका लागि बजेत बिनियोजन गर्ने जनाएको छ । यो आर्थिक बर्षमा करिब ६ कारोडको काम गर्ने अध्यक्ष त्रिपाठीले बताए ।
डिपिआर अनुसार तालमा पर्यटकीय मार्ग, थारु पहिचानको मन्दिर, बोटिङ्गको व्यवस्था, प्रबेशद्धर, ताल वरीपरी तारबार गर्नुका साथै रुख, फुल रोपेर ताललाई शुन्दर पर्यटकीय स्थाल बनाउने योजना छ ।










