नेता सुबास नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा 

भाद्र २६, २०८० काठमाडौँ — सरल स्वभावका एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको हो।

 

Advertisement

एमाले नेताका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।
नेेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु